चेन्नाईमाथि हैदरावादको ५ विकेटको रोमाञ्चक जित, तालिकाको तेस्रो स्थानमा उक्लियो
काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्समाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। चेन्नाईको घरेलु मैदानमा भएको प्रतिस्पर्धामा हैदरावादले १ ओभर बाँकी छँदै सफलता हात पारेको हो।
चेन्नाईले प्रस्तुत गरेको १८१ रनको चुनौतीपूर्ण लक्ष्यलाई हैदरावादले १९ ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएर पूरा गर्यो। हैदरावादको जितमा ओपनर इशान किशनले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई महत्त्वपूर्ण योगदान दिए। उनले मात्र ४७ बलमा ७० रनको शानदार इनिङ खेल्दै टोलीको जितको बलियो आधार तय गरेका थिए। उत्कृष्ट प्रदर्शनका साथ किशन खेलको ‘प्लेयर अफ द म्याच’ समेत चुनिए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली चेन्नाई सुपर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रनको योगफल तयार पारेको थियो। चेन्नाईलाई मध्यम योगफलमा रोक्न हैदरावादका कप्तान प्याट कमिन्सले बलिङमा उत्कृष्ट कप्तानी र प्रदर्शन गर्दै विपक्षी ब्याटरहरूलाई लगातार दबाबमा राखेका थिए।
यो महत्त्वपूर्ण जितसँगै सनराइजर्स हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा उक्लन सफल भएको छ भने पराजित चेन्नाई सुपर किंग्स तालिकाको छैटौँ स्थानमा खस्किएको छ।







डिसी नेपाल







Facebook Comment