सूर्यवंशीको विष्फोटक ब्याटिङ: लखनऊमाथि राजस्थानको ७ विकेटको सानदार जित

डिसी नेपाल
६ जेठ २०८३ ६:५०

काठमाडाैं। युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जाइन्ट्समाथि ७ विकेटको सानदार जित दर्ता गरेको छ।

जयपुरमा मंगलबार राति सम्पन्न रोमाञ्चक खेलमा लखनऊले दिएको २ सय २१ रनको विशाल लक्ष्य राजस्थानले १९.१ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो। राजस्थानको ऐतिहासिक जितमा नायक बनेका सूर्यवंशीले मात्र ३८ बलको सामना गर्दै ९३ रनको विष्फोटक इनिङ्स खेले। उत्कृष्ट प्रदर्शनका लागि उनी खेलको ‘प्लेयर अफ दि म्याच’ समेत चुनिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनऊ सुपर जाइन्ट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २० रनको बलियो योगफल खडा गरेको थियो। तर, राजस्थानका ब्याट्सम्यानहरूको आक्रामक प्रदर्शनका सामु लखनऊको त्यो ठुलो स्कोर पनि पर्याप्त हुन सकेन।

यो जितसँगै राजस्थान रोयल्स १४ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा मजबुत बनेको छ भने पराजित लखनऊ सुपर जाइन्ट्स तालिकाको पुछारमा धकेलिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *