आङ्गी भोटेद्वारा दोस्रोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण
काठमाडौँ । संखुवासभा जिल्ला भोटखोला गाउँपालिका वडा नं. ३ पाङदोग गाउँ निवासी साहसिक पर्वतारोही आङ्गी भोटेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
उनले नेपाली समयअनुसार गत मे १८ तारिख (जेठ ५ गते) बिहान ८:०८ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन्।
आरोहणका क्षेत्रमा आङ्गी भोटेको यो दोस्रो ठुलो सफलता हो। उनले यसअघि पनि सफलतापूर्वक सगरमाथाको आरोहण गरिसकेका थिए।
पुरानो अनुभव र बलियो आत्मविश्वासका साथ यस वसन्त ऋतुको आरोहण दलमा सहभागी भएका भोटेले प्रतिकूल मौसम र हिमालका कठीन चुनौतीहरूलाई पार गर्दै दोस्रोपटक सगरमाथाको शिखर चुमेर आफ्नो नाममा अर्को एउटा ठुलो कीर्तिमान थपेका छन्।
नेपालीहरूको साहसिक क्षमता र हिमालप्रतिको गहिरो सामिप्यतालाई पुनः प्रमाणित गर्दै दोस्रोपटक सगरमाथाको सफल आरोहण गरी संखुवासभा जिल्ला र सिङ्गो देशलाई गौरवान्वित तुल्याएकोमा सफल आरोही आङ्गी भोटेलाई चौतर्फी रूपमा हार्दिक बधाई तथा सुखद आगामी यात्राको शुभकामना व्यक्त भइरहेको छ।







डिसी नेपाल







Facebook Comment