इरान युद्ध समाप्त हुन लागेको संकेत, पाकिस्तानले दियो ट्रम्पलाई बधाइ
काठमाडौं । मध्यपूर्वमा जारी तनावका बीच, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘शान्ति स्थापना गर्ने प्रयास’ को लागि बधाई दिएका छन्।
शाहबाज शरीफले पाकिस्तानले चाँडै अर्को बैठक आयोजना गर्ने आशा समेत व्यक्त गरेका छन्। “शान्ति स्थापना गर्ने प्रयासमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिन्छु,” उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे।
शरीफले लेखेका छन्, “उनले (ट्रम्प) आज बिहान साउदी अरेबिया, कतार, टर्की, इजिप्ट, युएई, जोर्डन र पाकिस्तानका नेताहरूसँग उपयोगी टेलिफोन वार्तालाप गरे। फिल्ड मार्शल असिम मुनिरले पाकिस्तानको तर्फबाट यी वार्तालापहरूमा भाग लिए। म यस प्रक्रियामा उनीहरूको निरन्तर कडा परिश्रमको कदर गर्छु।”
उनले थप लेखे, “यी छलफलहरूले वर्तमान क्षेत्रीय परिस्थितिमा विचारहरू साझा गर्ने र शान्ति प्रयासहरूलाई अगाडि बढाउने राम्रो अवसर प्रदान गर्यो। पाकिस्तानले पूर्ण इमानदारीका साथ आफ्नो शान्ति प्रयासहरू जारी राख्नेछ र हामी चाँडै अर्को बैठक आयोजना गर्ने आशा गर्दछौं।”
पाकिस्तानका फिल्ड मार्शल असिम मुनीर शुक्रबार इरानको राजधानी तेहरान आइपुगेका थिए। त्यहाँ उनले इरानी विदेशमन्त्री अब्बास अरघचीसँग भेट गरेका थिए।







डिसी नेपाल







Facebook Comment