बकर ईदले राष्ट्रिय एकता र धार्मिक सहिष्णुता प्रवद्धन गर्छ : झलनाथ खनाल
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले ईद–उल–अजहा (बकर ईद) का अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन् ।
खनालले आज शुभकामना सन्देश जारी गर्दै मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।
उनले बकर ईद पर्वले आपसी मित्रता, भातृत्व र एकताको भावना अझ बलियो बनाउने उल्लेख गरेका छन् । साथै विविधतामा आधारित नेपाली समाजमा राष्ट्रिय एकता र धार्मिक सहिष्णुता प्रवद्र्धन गर्न यस पर्वले महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उनले राष्ट्रिय एकता, प्रगति, समाजवाद र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्न सबैलाई आह्वान समेत गरेका छन् ।







डिसी नेपाल







Facebook Comment