कोसी मन्त्रिपरिषद्का निर्णयः हलेसी र बराहक्षेत्र विकास समितिमा कार्यकारी निर्देशक नियुक्त

डिसी नेपाल
१४ जेठ २०८३ १९:१४

मोरङ। कोसी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले हलेसी महादेवस्थान विकास समितिको कार्यकारी निर्देशकमा चक्रबहादुर राईलाई नियुक्त गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ निवासी राईलाई निर्देशकमा नियुक्त गरिएको प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले जानकारी दिए।

यसैगरी बैठकले बृहत्तर बराहक्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का अभिझाल विष्टलाई नियुक्त गर्ने निर्णय भएको छ।

यस्तै, बैठकले आयोजना बैंक सूचना प्रणालीमा प्रविष्ट भएका आयोजनाको सूचीकृत विवरण कार्यान्वयनका लागि प्रदेश योजना आयोगलाई सहमति प्रदान गर्ने निर्णय गरिएको छ।

सिँचाइ व्यवस्थापन हस्तान्तरण कार्यविधिलाई थप व्यवस्थित बनाउन सिँचाइ कार्यविधि–२०८३ लाई आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय भएको छ।

यस्तै, बैठकले पुरानो घर भत्काउँदा निस्कने पुराना काठ आवश्यक प्रक्रिया पूरा गरी ओसारपसार गर्नका लागि खुला गर्ने निर्णय बैठकले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *