अर्थमन्त्रीद्वारा राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे ब्रिफिङ
आर्थिक सर्वेक्षण र संस्थानहरूको प्रतिवेदन हस्तान्तरण
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेट (राजश्व र व्ययको वार्षिक अनुमान) का मुख्य प्राथमिकता र सिद्धान्तबारे जानकारी गराएका छन्।
बिहीबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा राष्ट्रपतिज्यूलाई विस्तृत ब्रिफिङ गरेका हुन्। संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्मा बजेट प्रस्तुत गर्नुअघि राष्ट्रप्रमुखलाई यसको नीति, कार्यक्रम र मार्गदर्शनबारे जानकारी गराउने परम्परा रहिआएको छ।
भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले संसद्मा पेस भइसकेको आर्थिक वर्ष २०८२/८३ को ‘आर्थिक सर्वेक्षण’ तथा ‘सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदन’ समेत राष्ट्रपति पौडेलसमक्ष हस्तान्तरण गरे।
भोलि अपराह्न ४ बजे बजेट भाषण
बजेट निर्माणको कार्यलाई अन्तिम रूप दिइसकेका अर्थमन्त्री डा. वाग्लेले भोलि (जेठ १५ गते शुक्रबार) अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
वर्तमान अर्थतन्त्रका चुनौतीहरूलाई सम्बोधन गर्ने र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिने गरी यसपटकको बजेट आउने अपेक्षा गरिएको छ।







डिसी नेपाल







Facebook Comment