बजेट पारित गर्न मन्त्रिपरिषद बैठक बस्दै

डिसी नेपाल
१५ जेठ २०८३ १२:२१

काठमाडौँ। नेपाल सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय-व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्न लागेका हुन्।

संघीय संसद् सचिवालयका अनुसार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रतिनिधि सभाको हलमा बस्ने संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत हुने कार्यतालिका तय भएको छ।

संसदमा बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत/पारित गर्नका लागि आजै दिउँसो २:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

मन्त्रिपरिषद् बैठकबाट बजेट पारित भएपछि अर्थमन्त्री डा. वाग्लेले संसद्‌मा बजेट भाषण वाचन गर्नेछन्। नयाँ बजेटमा सरकारका प्राथमिकता, आर्थिक वृद्धि तथा जनसरोकारका मुख्य विषयहरू कसरी समेटिएका छन् भन्ने कुरालाई आम नागरिक र आर्थिक क्षेत्रले चासोका साथ हेरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *