नेपालका पहिलो अर्थमन्त्री सुवर्णशमशेरलाई स्मरण गर्दै अर्थमन्त्री डा. वाग्लेले सुरु गरे बजेट भाषण
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट भाषण सुरु गरेका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न सुरु भएको बैठकमा उहाँले सरकारको आयव्ययको वार्षिक अनुमानित विवरण (बजेट) प्रस्तुत गर्न थालेका छन्।
अर्थमन्त्री डा. वाग्लेले आफ्नो बजेट वक्तव्यको सुरुवातमा नेपालको इतिहासमै पहिलोपटक वि.सं. २००८ सालमा बजेट प्रस्तुत गर्ने तत्कालीन अर्थमन्त्री सुवर्णशमशेर राणालाई स्मरण गर्दै उहाँप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
प्रजातन्त्र स्थापनापछि नेपालको आधुनिक वित्तीय प्रणालीको जग बसाल्न सुवर्णशमशेरले खेलेको ऐतिहासिक भूमिकाको प्रसंशा गर्दै अर्थमन्त्रीले भाषण अगाडि बढाएका हुन्।
अहिले अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षमा सरकारले लिने आर्थिक नीति, राजस्व सङ्कलनको लक्ष्य, खर्चको अनुमान तथा विभिन्न मन्त्रालय र राष्ट्रिय गौरवका आयोजनाहरूका लागि गरिने बजेट विनियोजनको सङ्क्षिप्त रूपरेखा र देशको समग्र वित्तीय व्यवस्थापनको योजना प्रस्तुत गरिरहेका छन्।







डिसी नेपाल







Facebook Comment