कर प्रणालीमा ऐतिहासिक सुधार: ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज

डिसी नेपाल
१५ जेठ २०८३ १६:३३

काठमाडौं । सरकारले कर प्रणालीलाई नवप्रवर्तनकारी र व्यवसायमैत्री बनाउने उद्देश्यले एकैपटक ३६० वटा वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्।

विगत लामो समयदेखि विलासिताका वा स्वास्थ्य र वातावरणलाई हानि पुर्‍याउने वस्तुबाहेक अन्य धेरै साधारण उपभोग्य सामानहरूमा पनि अन्तःशुल्क लगाइँदै आएको भन्दै निजी क्षेत्रले यसको आलोचना गर्दै आएको थियो। अर्थमन्त्री डा. वाग्लेले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न र बजारलाई प्रतिस्पर्धी बनाउन अनावश्यक रूपमा लाग्दै आएको अन्तःशुल्क पूर्ण रूपमा हटाइएको जानकारी दिए।

यो व्यवस्थासँगै स्वदेशी उद्योगहरूको उत्पादन लागत घट्ने र आम उपभोक्ताले थुप्रै सामानहरू सस्तो मूल्यमा पाउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *