मुलुकको अन्तर्राष्ट्रिय साख जोगाउन वित्तीय सुशासन र कानुनी सुधारमा बजेटको जोड

डिसी नेपाल
१५ जेठ २०८३ १६:४६

काठमाडाैं। बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले मुलुकको अन्तर्राष्ट्रिय साख जोगाउन वित्तीय सुशासन र कानुनी सुधारलाई तीव्रता दिने घोषणा गरेका छन्।

नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’ (सशर्त निगरानीको सूची) बाट यथासक्य छिटो बाहिर निकाल्ने प्रतिबद्धता उनले व्यक्त गरे।

यसका लागि आवश्यक कानुनी, संरचनागत र प्रणालीगत सुधारहरूलाई द्रुत गतिमा अघि बढाइने बजेटमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *