ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न खुला
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ / रासस
काठमाडौं । सरकारले नेपालको ऊर्जा क्षेत्रमा एक ऐतिहासिक नीतिगत फड्को मार्दै निजी क्षेत्रलाई समेत अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो महत्वपूर्ण घोषणा गरेका हुन्।
बजेट भाषणका क्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालमा उत्पादित बचत ऊर्जालाई छिमेकी मुलुकहरू भारत र बंगलादेशको बजारसम्म पुर्याउन र व्यापारलाई थप प्रतिस्पर्धी बनाउन निजी क्षेत्रका लागि पनि ढोका खुला गरिएको जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment