औषधि उत्पादनमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य : थप २५ प्रकारका औषधि नेपालमै उत्पादन गरिने
काठमाडौं । सरकारले औषधि उत्पादनमा आत्मनिर्भरता बढाउने उद्देश्यका साथ थप २५ प्रकारका औषधिहरू नेपालमै उत्पादन गर्ने घोषणा गरेको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकभित्रै औषधिको उत्पादन बढाउने नीति अनुरूप यस्तो कार्यक्रम समावेश गरिएको जानकारी दिएका छन्।
हाल नेपालमा उत्पादन भइरहेका औषधिहरूका अतिरिक्त नयाँ प्रकारका आवश्यक र जीवनरक्षक २५ वटा औषधिको उत्पादन देशभित्रै सुरु गरिने बजेटमा उल्लेख छ। यो व्यवस्था सङ्घीय सरकार मातहत रहेको सरकारी औषधि उत्पादक कम्पनी (नेपाल औषधि लिमिटेड) मार्फत कार्यान्वयनमा ल्याइनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment