सेयर बजारमा ऐतिहासिक निर्णय: पूँजीगत लाभकर ‘अन्तिम कर’ हुने घोषणा

डिसी नेपाल
१५ जेठ २०८३ १७:००

काठमाडाैं। सरकारले आगामी आर्थिक वर्षदेखि सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै सेयर कारोबारमा भएको लाभमा तिर्नुपर्ने पूँजीगत लाभकर नै अन्तिम हुने र त्यसपछि थप कुनै कर नलाग्ने स्पष्ट पारेका हुन्।

यस नयाँ व्यवस्थासँगै सेयर बजारबाट भएको पूँजीगत लाभ अब लगानीकर्ताको कुल व्यक्तिगत आयमा गणना हुने छैन र यसलाई व्यक्तिगत आयकरको स्ल्याबभित्र समावेश गरिने छैन।

यसअघि सेयर होल्डरहरूले १ वर्षभन्दा कम अवधिका लागि ७.५ प्रतिशत र १ वर्षभन्दा लामो अवधिका लागि ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए।

सरकारको यस घोषणाले लामो समयदेखि अन्योलमा रहेको सेयर बजारको कर विवादलाई स्थायी रूपमा समाधान गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *