शिक्षाको बजेटमा सामान्य वृद्धि : आगामी आर्थिक वर्षका लागि २ खर्ब १८ अर्ब ३० करोड विनियोजन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रको बजेटमा सामान्य वृद्धि गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ कुल २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका छन्।
यो बजेट चालु आर्थिक वर्षको तुलनामा जम्मा ७ अर्ब १३ करोड रुपैयाँले मात्र बढी हो। चालु आर्थिक वर्षका लागि सरकारले शिक्षा क्षेत्रमा २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।
सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको दाबी गरे पनि कुल बजेटको आकार र आवश्यकताको तुलनामा यो वृद्धि निकै न्यून रहेको विज्ञहरूले बताएका छन्। विनियोजित बजेट मुख्य गरी विद्यालय शिक्षाको गुणस्तर सुधार, भौतिक पूर्वाधार निर्माण, शिक्षक दरबन्दी व्यवस्थापन र प्राविधिक शिक्षाको विस्तारमा खर्च गरिने सरकारले जनाएको छ।







डिसी नेपाल







Facebook Comment