उनैले सुनून् उनका बजेट भाषण भनेर हिँडें म चाहिँ !

डिसी नेपाल
१५ जेठ २०८३ १७:३०

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का सांसद हर्क साम्पाङ संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट भाषण सुरु गरेलगत्तै बैठक छाडेर बाहिरिएका छन्।

बैठकबाट बाहिरिएलगत्तै उनले फेसबुकमा एक स्टाटस लेख्दै प्रधानमन्त्रीको उपस्थिति र संसद्को बजेट भाषणलाई लिएर टिप्पणी गरेका छन्।

आफूले दिएको दबाबकै कारण प्रधानमन्त्री संसद्‌मा उपस्थित भएको दाबी गर्दै सांसद साम्पाङले लेखेका छन्, “प्रधानमन्त्री आए! जवाफदेही बनाउने मेरो दबाब हो!”

यसअघि नीति तथा कार्यक्रम प्रस्तुतिको समयमा प्रधानमन्त्री उपस्थित नभएकोतर्फ सङ्केत गर्दै उनले यसपटक भने प्रधानमन्त्रीले बजेट भाषण सुनेको उल्लेख गरेका छन्।

यसका साथै, प्रधानमन्त्री आफैँ उपस्थित भइसकेपछि उनैले बजेट भाषण सुनून् भनेर आफू भने बैठक छाडेर हिँडेको जानकारी सुनसरी १ का सांसद साम्पाङले दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *