साविक विजेता आरसीबी र गुजरातबीच आईपीएल २०२६ को महाभिडन्त आज: कसले मार्ला उपाधि?

डिसी नेपाल
१७ जेठ २०८३ ७:३५

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को नयाँ विजेताको टुंगो आज लाग्दैछ।

उपाधिका लागि साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स (जिटी) नेपाली समय अनुसार आइतबार साँझ ७:४५ बजे अहमदाबाद मैदानमा आमनेसामने हुँदैछन्।

यस सिजनको समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको आरसीबी १४ खेलमध्ये ९ मा जित निकाल्दै १८ अंकका साथ शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगेको टोली हो। अर्कातर्फ, पहिलो क्वालिफायरमा आरसीबीसँगै पराजित भएको गुजरात टाइटन्सले भने दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले स्तब्ध पार्दै फाइनलको यात्रा तय गरेको हो।

आजको फाइनल खेलमा आरसीबी लगातार दोस्रो पटक आईपीएलको उपाधि रक्षा गर्दै आफ्नो साम्राज्य जोगाउने दाउमा छ भने गुजरात टाइटन्स पहिलो क्वालिफायरमा ब्यहोरेको हारको बदला लिँदै उपाधि आफ्नो पोल्टामा पार्न मैदान उत्रिनेछ।

अहमदाबादको घरेलु मैदानमा हुने यस महाभिडन्तमा दुवै टोली बलिया देखिएकाले आजको उपाधि भिडन्त निकै रोमान्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *