इरानी जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी ड्रोन खसालेको आईआरजीसीको दाबी

डिसी नेपाल
१७ जेठ २०८३ १०:२८

काठमाडौं । इरानको रिभोलुसनरी गार्ड (आइआरजीसी) ले आज बिहान अर्थात् आइतबार बिहान अमेरिकी एमक्यू-१ ड्रोन खसालेको दाबी गरेको छ।

रिभोलुसनरी गार्डको विज्ञप्तिमा भनिएको छ – ड्रोन “इरानी जलक्षेत्रमा प्रवेश गर्न र कारबाही गर्न खोजिरहेको थियो, र तुरुन्तै आइआरजीसीको उन्नत क्षेप्यास्त्रहरूले पत्ता लगाएर खसालेको थियो।”

इरानी मिडिया रिपोर्टका अनुसार, आईआरजीसी एयर डिफेन्सले चेतावनी दिएको छ, “इरानको समुद्री सीमा पूर्ण नियन्त्रणमा छ र कुनै पनि आक्रमणको कडा जवाफ दिइनेछ।”

अमेरिकी केन्द्रीय कमाण्डले आइआरजीसीको यो दावीको बारेमा कुनै प्रतिक्रिया दिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *