एक समयकी चर्चित अभिनेत्री सडकमा मागेर खान विवश

डिसी नेपाल
१७ जेठ २०८३ १२:५४

काठमाडौं । भोजपुरी चलचित्र र मोडलिङ क्षेत्रमा स्थापित हुने संघर्षका क्रममा रहेकी पूर्व अभिनेत्री मिताली शर्माको जीवनमा एउटा निकै दुःखद र स्तब्धकारी मोड आएको छ।

कुनै समय कला क्षेत्रमा भविष्य खोज्दै मुम्बई भित्रिएकी दिल्लीकी अभिनेत्री हालै मुम्बईको सडकमा अत्यन्तै दयनीय अवस्थामा फेला परेकी छिन्। लामो समयदेखि नयाँ काम नपाउँदा उत्पन्न आर्थिक संकट र पारिवारिक एक्लोपनका कारण मानसिक सन्तुलन गुमाउन पुगेकी उनी मुम्बईको लोखंडवाला क्षेत्रको सडकमा माग्दै हिँडेको अवस्थामा फेला परेकी हुन्।

चलचित्र उद्योगमा कामको अभाव र लगातारको असफलताले निम्त्याएको डिप्रेसनका कारण उनको मानसिक स्वास्थ्य गम्भीर रूपमा प्रभावित भएको बताइएको छ। मुम्बई प्रहरीले गस्तीका क्रममा उनलाई सडकमा शङ्कास्पद र असहाय अवस्थामा फेला पारेको थियो।

प्रहरी नियन्त्रणमा लिने क्रममा उनले भागन् खोज्दै केही प्रतिवाद समेत गरेकी थिइन्। प्रहरीका अनुसार लामो समयदेखि भोकै रहेकी उनले हिरासतमा पुगेलगत्तै सबैभन्दा पहिले खानाको माग गरेकी थिइन्।

उनको नाजुक शारीरिक तथा मानसिक अवस्थालाई दृष्टिगत गर्दै मुम्बई प्रहरीले तत्कालै उद्धार गरी आवश्यक उपचारका लागि स्थानीय मानसिक अस्पताल (पुनर्स्थापना केन्द्र) मा भर्ना गरेको छ।

चकाचौधले भरिएको ग्ल्यामर संसारको भित्री संघर्ष र उचित सामाजिक तथा पारिवारिक छहारीको अभावमा एउटा उदीयमान कलाकार कसरी सडकको अवस्थामा पुग्छ भन्ने कुरालाई यस घटनाले उजागर गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *