विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं। प्रतिनिधिसभा बैठकमा आज(मंगलबार)पनि विपक्षी दलहरूले अवरोध गरेका छन्।
मंगलबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै नाराबाजीसहित अवरोध गरेका हुन्।
उनीहरूले प्रधानमन्त्रीले बिना तथ्य अभिव्यक्ति दिएको भन्दै माफी माग्नुपर्ने अडानसमेत राखेका छन्।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढिरहँदा पनि विपक्षी सांसदहरूले अवरोध जारी राखेपछि बैठक सञ्चालन हुन सकेन।
सभामुखको आसन नजिकै पुगेर सांसदहरूले नाराबाजी गरेका थिए। अवरोधका कारण बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment