बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्दा सहित सुनसरी गढी गाउँपालिका-१ घर भएका ५० वर्षीय कमल नारायण विश्वासलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको लगेजबाट नेपाली ११ लाख रूपैयाँ, अमेरिकी डलर १४ हजार ८ सय ५०, जापानिज येन ४१ हजार, स्विस फ्रैङ्क १ हजार, मलेसियन रिङ्गिट २३ हजार ६ सय ३२, श्रीलङ्कन रूपी ७ हजार ७ सय ७०, पाकिस्तानी रूपी ३ हजार ५ सय ४० र ओमानी रियाल २ हजार ९ सय ७० फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment