चोरीको पाँच वटा मोटरसाइकलसहित तीन पक्राउ

डिसी नेपाल
१९ जेठ २०८३ २२:२०

काठमाडौं। नेपाल प्रहरीले चोरीका पाँच वटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा जिल्ला रौतहटको राजदेवी नगरपालिका घर भई हाल काठमाण्डुको मैतीदेवी बस्ने २६ वर्षीय दिनेश कुसुहवा, मकवानपुरको बागमती गाउँपालिका–३ घर भइ हाल काठमाण्डुको सिफल बस्ने २० वर्षीय नवराज माझी तथा गोरखाको गण्डकी गाउँपालिका–५ घर भई हाल काठमाण्डुको तारकेश्वर नगरपालिका–५ लोलाङ्ङ बस्ने २२ वर्षीय अमृत पुर्जा रहेका जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, ‘बा७५प ६८२४ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल, बा७६प १५०२ नम्बरको स्कुटर, बागमती प्रदेश ०२–०६३ प १६४१ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल, लु४६प ५०५२ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल, बाग्मती प्रदेश ०२–०६२ प ३३८४ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको हो।’

पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *