विदेशी मुद्राको विनिमय, डलरको बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा

डिसी नेपाल
२० जेठ २०८३ ६:२८

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नवीनतम विवरणअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा तोकिएको छ।

यसैगरी युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा कायम हुँदा युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ९० पैसा र बिक्रीदर २०५ रुपैयाँ ७० पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११० रुपैयाँ २५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने स्पष्ट पारेको छ।

बजारमा वाणिज्य बैंकहरूले तोक्ने खुद्रा विनिमय दर भने राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्ने र त्यसको अद्यावधिक विवरण बैंकहरूको आधिकारिक वेबसाइटमा हेर्न सकिने समेत केन्द्रीय बैंकले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *