नृसिंहधामबाट फर्किएका यात्रु सवार भ्यान दुर्घटना

डिसी नेपाल
२० जेठ २०८३ १५:५१

मलेखु (धादिङ) । यहाँस्थित त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरी फर्केका यात्रु सवार मारुती भ्यान टारिबेँसी नजिकै दुर्घटना भएको छ।

बागमती प्रदेश बिएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार, दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम धादिङबेँसी र सल्यानटातर्फ पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *