सभापति गगन थापासँग भेटेपछि कांग्रेस नेता भट्टराईले भने पार्टीभित्र एकताको सम्भावना बढेको छ

डिसी नेपाल
२० जेठ २०८३ २१:०२

काठमाडौं। नेपाली कांग्रेसका पूर्व संस्थापन निकट नेताहरुले पार्टी सभापति गगन थापासँग छलफल गरेका छन्।

नेता गोविन्द भट्टराईको नेतृत्वमा गएका नेताहरुले सानेपास्थित पार्टी कार्यालयमा सभापति थापासँग् भेट गर्दै पार्टीभित्र सबै पक्षलाई समेटेर महाधिवेशनमा जाने विषयमा कुराकानी गरेका थिए।

‘पार्टीभित्र सबै पक्ष अट्ने गरी वृहत एकता गरेर अघि बढाउने विषयमा कुरा भयो,’ नेता भट्टराईले भने।

नेताहरु उमेशजँग रायमाझी, गीता गुरुंगलगायत सहभागी टोलीसँगको भेटका क्रममा सभापति थापाले सबै पक्षलाई समेटेर अघि बढ्ने बताएका थिए।

भेट पछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता भट्टराईले भनेका छन् –आज नेपाली कांग्रेसका सभापति गगन थापाज्यूसंग कांग्रेस पार्टी भित्र रहेको असहज अबस्थालाई समाप्त पार्दै पार्टीमा बृहत् एकता कायम गरी पार्टीलाई मजबुत ढंगले अगाडि बढाउने सन्दर्भमा सकारात्मकरुपमा छलफल भयो। आशा र भरोसा गरौ छिट्टै निष्कर्षमा पुगिने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *