आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस देशभर मनाइँदै

डिसी नेपाल
२१ जेठ २०८३ ७:३५

काठमाडौं। जातीय विभेदविरुद्ध ऐक्यबद्धता जनाउँदै आज बिहीबार देशभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ मनाइँदै छ।

सामाजिक समानता र मानवअधिकारको प्रवर्द्धनका लागि क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको अगुवाइमा आज देशैभर अन्तर्क्रिया, र्‍याली र विभिन्न चेतनामूलक कार्यक्रमहरूको आयोजना गरिएको छ।

मुलुकमा ऐतिहासिक राजनीतिक परिवर्तन भएलगत्तै वि.सं. २०६३ साल जेठ २१ गते नेपाल सरकारले संसद्मार्फत मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो।

राज्यको सोही ऐतिहासिक कदमको स्मरण र सम्मान गर्दै वि.सं. २०६८ सालदेखि हरेक वर्ष जेठ २१ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो।

कानुनी रूपमा जातीय छुवाछूतलाई दण्डनीय अपराध मानिए पनि व्यवहारमा अझै पनि यसका अवशेषहरू कायमै रहेकाले यस्ता दिवसहरूले समाजमा चेतना फैलाउन र पूर्ण रूपमा विभेद अन्त्य गर्न थप ऊर्जा मिल्ने विश्वास गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *