भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

डिसी नेपाल
२१ जेठ २०८३ १०:०३

भक्तपुर। भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ।

आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको तथा पाँच वटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिए। आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको छ।

विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान छ। हाल जलेका सामग्री हटाउने तथा सरसफाइको कार्य सुरु गरिएको छ।

धेरै दिन पठनपाठन अवरुद्ध हुन नदिने गरी काम भइरहेको विद्यालय प्रशासनले जनाएको छ । प्रहरी वृत्त जगातीका अनुसार क्षतिको विस्तृत विवरण संकलन जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *