अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

डिसी नेपाल
२१ जेठ २०८३ ११:५६

काठमाडौं। काभ्रे पाँचखाल नगरपालिका–७, होक्सेका अजित मिजार हत्याको विरोधमा नेपाली कांग्रेसका युवाहरुले प्रदर्शन गरेका छन्।

काठमाडौं महाराजगन्जस्थित महाराजगन्ज मेडिकल क्याम्पस अगाडि युवाहरुले प्ले कार्डसहित प्रदर्शन गरेका हुन्। नेपाली कांगेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान र जातीय विभेद विरुद्ध सचेतना अभियन उपसमितिको अगुवाइमा न्यायको माग गर्दै प्रदर्शन गरिएको हो।

जातीय विभेद विरुद्ध सचेतना अभियन उपसमितिकी संयोजक एलिजा ढकालका अनुसार न्याय अझै मरेको छैन् र न्याय दिलाउन आफूहरु तत्पर रहेको सन्देश दिन प्रदर्शन गरेको साथै मिजारको घरमै पुगेर पनि सान्तवना दिइएको हो। ‘१० बर्षअघि अन्तरजातीय विवाह गरेको निहुँमा मिजारको हत्या भएको अनुसन्धानहरुले देखाएको छ तर राज्य परिवारलाई न्याय दिलाउन मौन छ। यसका विरुद्ध हाम्रो खबरदारी हो,’ उनले भनिन्।

अन्तरजातीय विवाह गरेपछि २०७३ असार २९ गते काभ्रेको तामाघाट बजारबाट बेपत्ता भएका १८ वर्षीय अजितको शव धादिङको फुर्केखोलामा झुन्डिएको अवस्थामा फेला परेको थियो। त्यसपछि परिवार र अभियन्ताहरुले निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *