टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

डिसी नेपाल
२१ जेठ २०८३ १६:१६

काठमाडौं । विभिन्न गम्भीर आपराधिक कसुरमा मुछिएकी चर्चित टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीमाथिका अभियोगहरूमाथि प्रारम्भिक सुनुवाइ गर्दै उनलाई थुनामा राखेरै मुद्दाको प्रक्रिया अघि बढाउन आदेश जारी गरेको हो।

अधिकारीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) जस्ता गम्भीर प्रकृतिका मुद्दाहरू दर्ता भएका छन्। अपराध गरेर लामो समयदेखि फरार रहेकी उनलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध नियन्त्रण संगठन (इन्टरपोल) को सहयोगमा गत जेठ १७ गते थाइल्यान्डबाट पक्राउ गरेको थियो।

थाइल्यान्डमा पक्राउ परेलगत्तै उनलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याइएको थियो। नेपाल ल्याएर अदालतमा पेस गरिएकी अधिकारीलाई अदालतले कसुरको गम्भीरतालाई हेर्दै कारागार चलान गर्न आदेश दिएको हो। प्रहरीले यस प्रकरणमा थप अनुसन्धान थालिएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *