कीर्तिपुर होल्डिङ सेन्टरमा बस्दै आएका विस्थापित सुकुमबासी भेषबहादुर दर्जीको वीर अस्पतालमा मृत्यु

डिसी नेपाल
२१ जेठ २०८३ १८:१०

काठमाडौं। सरकारले सुकुमबासी बस्तीबाट बल प्रयोग गरेर विस्थापित गराएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका भेषबहादुर दर्जीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ।

लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित रहँदै आएका दर्जीको स्वास्थ्यमा अचानक थप समस्या देखिएपछि परिवारले उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याएका थिए। अस्पतालमा आवश्यक स्वास्थ्य परीक्षण गर्दा उनको फोक्सोमा पानी जमेको चिकित्सकहरूले पत्ता लगाएका थिए।

पछिल्लो समय स्वास्थ्य अवस्था निकै जटिल र नाजुक बन्दै गएपछि उनलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरेर उपचार सुरु गरिएको थियो। वीर अस्पताल प्रशासनका अनुसार आईसीयूमा उपचार भइरहेकै क्रममा बिहीबार उनको निधन भएको हो।

मृतक दर्जी सरकारले सुकुमबासी बस्ती हटाउने निर्णय गरेसँगै आफ्नो बासस्थान गुमाएर कीर्तिपुरमा अस्थायी रूपमा निर्माण गरिएको होल्डिङ सेन्टरमा जीवन गुजारा गर्दै आइरहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *