सगरमाथामा पाँच दिनदेखि बेपत्ता शेर्पाको उद्धार

डिसी नेपाल
२१ जेठ २०८३ १९:५९

काठमाडौं। सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा शेर्पाको जीवितै उद्धार गरिएको छ। यही जेठ १६ गतेदेखि बेपत्ता भएका आरोहण दलका सहयोगी शेर्पालाई पाँच दिनपछि आज जीवितै उद्धार गरेर काठमाडौं ल्याइएको हो।

पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमले जेठ १६ गतेदेखि बेपत्ता शेर्पाको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीले सगरमाथा आधार शिविर नजिकैको ‘क्र्याम्पोन पोइन्ट’मा फेला पारेका जानकारी दिनुभयो। बेपत्ता शेर्पालाई समितिका कर्मचारीले ‘क्र्याम्पोन पोइन्ट’बाट बोकेर गोरकशेपसम्म ल्याएका थिए।

गोरकशेपबाट भने अल्टिच्युड एयरको हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार भइरहेको सूचना अधिकारी गौतमले बताउनुभयो। विभागले खोजी कार्यमा सहयोग गर्ने सम्बन्धित एजेन्सी, सरोकार भएका निकाय र उद्धारमा संलग्न सबैलाई धन्यवाद दिँदै शेर्पाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

ओखलढुङ्गाका शेर्पा ‘एट के इन्टरनेशनल एभरेष्ट एक्सपिडिसन स्प्रिङ टिम ए’ का तर्फबाट सहयोगी कामदारका रूपमा आरोहणमा संलग्न रहँदै आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *