छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा पाँच जनाको ज्यान गएको छ।
काभ्रेको पाँचखाल नगरपालिका-१२ खहरेगाउँस्थित सडकमा खहरेगाउँबाट काँसकोटेतर्फ आउँदै गरेको बा.६३ प ९०८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-११ बस्ने २८ वर्षीय कालु भन्ने रमेश तामाङको घटनास्थलमै मृत्यु भएको छ।4
सर्लाहीको बलरा नगरपालिका-६ मिर्जापुरस्थित सडकमा गडहियाबाट मिर्जापुरतर्फ आउँदै गरेको ना. ४ त ८८३४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने अर्जुन साहकी छोरी ५ वर्षीया अंकिता कुमारी साहको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ।
रोल्पाको माडी गाउँपालिका-२ घर्तीगाउँ व्याङखोला नजिकै कालापहरस्थित सडकमा एमएच १४ टिसीजे ४७१ नम्बरको बोलेरो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक दाङ घोराही उपमहानगरपालिका-७ देसाही बस्ने २५ वर्षीय बिर बहादुर चौधरी समेत बोलेरोमा सवार हाल नाम, थर र वतन नखुलेका १ जना पुरूष र १ जना महिलाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment