ओमानले दियो नेपाललाई ९५ रनको लक्ष्य
काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा खेलमा ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ ।
आज सिंगापुरमा नेसनल क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा ९४ रन मात्र बनायो ।
नेपालका लागि करण केसीले तीन विकेट लिए । चार ओभर बलिङ गर्दा एक मेडनसहित २० रन खर्चिएर केसीले तीन विकेट हात पारेका हुन् ।
सन्दीप लामिछानेले १९ रन खर्चिएर दुई विकेट लिए । सोमपाल कामीले चार ओभर बलिङ गर्दा समान दुई विकेट लिए ।
नेपालका लागि साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एकएक विकेट लिए ।
ओमानका लागि कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रन बनाए । जुबैर अल बालुशीले २२, अब्दुल जलीलले १६ रन बनाए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment