रास्वपा गुल्मीको नयाँ जिल्ला कार्यसमिति घोषणा: सभापतिमा हरि श्रेष्ठ चयन

डिसी नेपाल
२४ जेठ २०८३ १०:१६

गुल्मी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मी जिल्ला अधिवेशन निर्वाचन समितिले नयाँ कार्यसमितिको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

शनिबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट पार्टीको नयाँ जिल्ला कार्यसमिति निर्विरोध रूपमा चयन भएको हो। सार्वजनिक विवरण अनुसार रास्वपा गुल्मीको जिल्ला सभापति पदमा हरि श्रेष्ठ निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिको उप-सभापतिमा प्रगति राना मगर, सचिवमा देवराज पाण्डे र सह-सचिवमा सागर पाण्डे चयन भएका छन्। यसैगरी जिल्ला सदस्यहरूमा प्रेम बहादुर सुनवार र भागवत गिरि निर्वाचित भएका छन्।

समावेशी प्रतिनिधित्व अन्तर्गत महिला जिल्ला सदस्यतर्फ माया जिसी र देवकला राना तथा दलित महिला सदस्य पदमा मनिषा नेपाली चयन भएका छन्। जिल्ला समितिसँगै प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरीय नेतृत्वको पनि टुंगो लागेको छ।

जसअनुसार निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा बिष्णु प्रसाद कंडेल र उपसंयोजक (क) मा शान्ति मरासिनी निर्वाचित भएका छन्। त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ को संयोजकमा दिनेश जिसी र उपसंयोजक (क) मा दण्डपाणी अर्याल चयन भएका छन्।

निर्वाचन समिति प्रमुख अशोक टण्डन तथा सदस्यद्वय इन्द्रमणि खनाल र राजु कार्की सम्मिलित समितिले यो अन्तिम परिणाम सार्वजनिक गर्दै नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *