राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटद्वारा निःशुल्क स्वास्थ्य शिविर
नुवाकोट। राष्ट्र सेवक कर्मचारी समाज, नुवाकोटले जिल्लाको किस्पाङ गाउँपालिकाको सहकार्यमा शनिबार आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा ४०६ जनाले सेवा लिएका छन्।
किस्पाङ–३, काहुले स्वास्थ्यचौकीमा विभिन्न विशेषज्ञबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो। शिविरमा शल्य चिकित्सक, हाडजोर्नी, स्त्री रोग, जनरल फिजिसियन, आँखासहितको विशेषज्ञहरूबाट सेवा दिएको थियो। त्यसमध्ये १५२ जनाको भिडियो एक्सरे गरिएको छ।
यसैगरी ६६ जनाको भिआइए जाँच गरिएकामा तीन जनाको आँखाको क्यान्सरको खतरा देखिएकाले ल्याब सेवा, इसिजी, माइनर ओटी, मोतियायबिन्दुलगायत जटिल रोगको निःशुल्क उपचार तथा औषधि तथा चस्मा वितरण गरिएको छ। थप थप उपचार गर्नुपर्ने हकमा सम्बन्धित अस्पतालमा रिफर गरिएको शिविरका संयोजक एवं समाजका सहसचिव विनोद न्यौपानेले जानकारी दिए।
समाजका संस्थापक अध्यक्ष डा केदारनर्सिङ केसीले १०१ वर्षीय ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणा गरेर शिविरको उद्घाटन गरेका थिए। समाजका अध्यक्ष उदयबहादुर रानामगरले जिल्लाका लागि सामाजिक र विकासका काममा राष्ट्रसेवकले सक्दो भूमिका निर्वाह गर्दै आएको बताए।
शिविरका लागि किस्पाङ गाउँपालिका कार्यालयको स्वास्थ्य शाखा, स्वयंसेवकीयरूपमा त्रिशुली अस्पताल प्रमुख डा राजेन्द्र लामा, विभिन्न विशेषज्ञ, स्वास्थ्यकर्मी, किस्पाङ बहुप्राविधिक किस्पाङ बहुप्राविधिक शिक्षालय प्रशिक्षक डा आशिष दाहाललगायतले सहयोग गरेको आयोजकले जनाएको छ।
शिविर सञ्चालनका अवसरमा किस्पाङ गाउँपालिका–५का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता प्रकाश डिमडुङ संस्थाका सचिव राजु प्याकुरेल कोषाध्यक्ष कृष्णराज खतिवडा, गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडालगायत सहभागी थिए।
शिविरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा रविन पौडेल, भिडियो एक्स रे विज्ञ डा कैलाश विक, साधारण चिकित्सातर्फ डा अशोक मिजार, स्त्री रोग विशेषज्ञ डा तुलजा श्रेष्ठलगायतले विशेषज्ञ सेवा दिएका थिए। कार्यक्रममा रु तीन लाखभन्द बढीको निःशुःक औषधि वितरण गरिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment