लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

डिसी नेपाल
२४ जेठ २०८३ १७:१२

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-७ गोलचोकस्थितबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको टोलीले प्र १-०२-०५० प १९६० नं को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी-६ का २९ वर्षीय केशव श्रेष्ठको साथबाट १४ ग्राम ७२० मिलिग्राम र पछाडि सवार उर्लाबारी-५ का २४ वर्षीय निश्चल गुरुङका साथबाट नौ ग्राम ४०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो।

लागूऔषधसहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको जिल्ल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *