प्रधानमन्त्रीको माफी र संसद् रेकर्डबाट अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीद्वारा संसद् अवरुद्ध
काठमाडौं। प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले सोमवार पनि आफ्नो विरोध र अवरोधलाई निरन्तरता दिएका छन्।
सोमवार पूर्वनिर्धारित समयभन्दा निकै ढिला गरी सुरु हुन लागेको संसद् बैठक प्रारम्भ हुनासाथ विपक्षी दलका सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर कडा विरोध जनाएका थिए। विपक्षीको नाराबाजी र लगातारको अवरोधका कारण संसद् कार्यसूचीमा प्रवेश गर्न नसकेपछि सभामुख डोल प्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे।
संसद्को गतिरोध अन्त्यका लागि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको हालैको विवादित अभिव्यक्तिलाई संसद्को आधिकारिक रेकर्डबाट तत्काल हटाउनुपर्ने र राष्ट्रका नाममा माफी माग्नुपर्ने अडानलाई कायमै राखेका छन्।
राष्ट्रिय सार्वभौमिकता र कूटनीतिक मर्यादाविपरीतको अभिव्यक्ति संसद्को रोष्टममा रहिरहनु आपत्तिजनक भएको जिकिर गर्दै विपक्षी सांसदहरूले आफ्ना मागहरू पूरा नभएसम्म सदनको कारबाही अगाडि बढ्न नदिने चेतावनी दिएका छन्।
संसद्मा सिर्जना भएको यस लगातारको गतिरोधका कारण महत्त्वपूर्ण विधेयक र समसामयिक विषयमाथिका छलफलहरू प्रभावित बन्न पुगेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment