शिक्षामा कर लगाउँदा खर्च जोहो हुन्छ : अर्थमन्त्री

डिसी नेपाल
२८ जेठ २०८३ १८:३५

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी शिक्षामा तीन प्रतिशत कर लगाइएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदले गरेका प्रश्नको जवाफ दिँदै उनले प्राइभेट स्कुलमा लगाइएको तीन प्रतिशतमा आयकर छुट १० प्रतिशत गरिएको बताए।

उनले भने, ‘प्राइभेट स्कुलमा लगाइएको तीन प्रतिशतमा यता १० लाखसम्म आय छुट दिइएको छ। तपाईं आफ्नो बालबालिकाको लागि १० हजार, १५ हजार मासिक खर्च गर्नुहुन्छ, तर ट्याक्सनेटमा हुनुहुन्न। ट्याक्सरेटमा इनरोल हुनुस्, १० लाखसम्म आयकर नै लाग्दैन, बि रेकग्नाइज। यहाँको छुटले तपाईंको अन्य खर्चहरू जोहो हुन्छ।’

उनले आयकर छुट भर्पाइ गर्न निजी शिक्षामा कर लगाइएको बताए। उनले काठमाडौंबाहिर तीन/चार हजार पर्ने ठाउँमा तीन प्रतिशत भनेको एकदमै कम रकम भएको बताए।

उनले भने, ‘काठमाडौंबाहिर तीन/चार हजार पर्ने ठाउँमा तीन प्रतिशत भनेको एकदमै कम रकम हो। त्यसलाई इन्कम ट्याक्स रेटमा आएर वार्षिक १० लाखसम्म आम्दानी छ भन्दाखेरि जम्मा १ प्रतिशत तिर्नुपर्ने हुन्छ, यता हजारौँ क्षतिपूर्ति भइसकेको छ। त्यसमाथि २५ हजार रुपैयाँ वा २५ प्रतिशत निजी स्कुलमा पनि आफ्नो बालबालिकामा शैक्षिक खर्च गर्नुभयो भने कर छुट हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *