राजनीतिलाई समाज सेवामा बदल्न सबैको योगदान आवश्यक: गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन्।
काठमाडौं महानगरपालिका वडा नं ८ कार्यालयले सामाजिक सेवामा विशिष्ट योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन्।
उनले सम्मानित व्यक्तित्वहरूले आफ्नो पेसा र क्षेत्रको विकासका लागि मात्र नभई समग्र लोकतन्त्रको जगलाई बलियो बनाउन समेत ठूलो योगदान पुर्याएको चर्चा गर्दै राजनीतिलाई जनताको सेवामा समर्पित गराउन सबै मिलेर सकारात्मक बाटो निर्माण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सम्मान ग्रहण गर्दै पूर्वउपराष्ट्रपति परमानन्द झाले वडा कार्यालय नागरिकको सुखदुःखको वास्तविक साथी भएको धारणा राखे। उनले वडाले सक्रिय जीवनपछि घरमा रहेका अग्रजहरूलाई सार्वजनिक स्थलमा ल्याएर सम्मान गर्ने उत्कृष्ट कार्य गरेको भन्दै खुसी व्यक्त गरे।
कार्यक्रममा समाजको वास्तविक स्वरूप झल्काउने र विभिन्न विधामा योगदान पुर्याउने ७० जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले सबै पेसा र क्षेत्रमा योगदान दिने नक्षत्रहरू आफ्नो वडामा हुनुलाई वैभवको रूपमा लिएको बताउँदै प्रतिशोधभन्दा स्वच्छ प्रतिस्पर्धा गरेर उन्नत समाज निर्माणमा लाग्नुपर्ने विचार व्यक्त गरे।
सो अवसरमा समाजका विभिन्न विधाका लब्धप्रतिष्ठित व्यक्तित्वहरूलाई विविध विधा अन्तर्गत सम्मान प्रदान गरिएको थियो। ज्येष्ठ नागरिकहरू तर्फ रत्नमान श्रेष्ठ, शारदामान राजभण्डारी, हिराबाबा श्रेष्ठ, ठूली सिलवाल, आशामरू संगत, रामप्रसाद चौलागाईं र गणेश महर्जन सम्मानित भए।
राष्ट्रसेवक कर्मचारीहरू ज्ञानेन्द्रराज बैद्य, सुमन वैद्य, सानु डङ्गोल, नेत्र तिमल्सिना, जनकराज ढुंगाना, टंकमणि शर्मा र नवदत्त उपाध्यायलाई राष्ट्रप्रतिको सेवाका लागि सम्मान गरियो। खेलकुद विधामा कविराज नेगी, अदिप्शा बैद्य, उदयमान श्रेष्ठ, मनिष सेढाईँ, प्रशान्तमान श्रेष्ठ र सुरेन्द्र डङ्गोल रञ्जनमान श्रेष्ठ सम्मानित भए।
त्यसैगरी, धर्म संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत संस्कृतिविद् मुकुन्द वैद्य, पुजारी मृत्युञ्जय कर्माचार्य, डा केदारमान भण्डारी, बाजागुरूहरू समिर सङ्गत, रामकृष्ण डङ्गोल, भाइराजा डङ्गोल, राजेश सङ्गत तथा समाजसेवीहरू रामकुमार श्रेष्ठ र अनन्तप्रसाद भेटवाललगायतलाई सम्मान प्रदान गरियो।
कला तथा साहित्य विधातर्फ समाजलाई बौद्धिक रूपमा समृद्ध बनाउन भूमिका खेलेका राजेश मानन्धर, अजित गौतम, सरिता मिश्र, महेश्वर राजभण्डारी, अच्युतराम भण्डारी, नरेन्द्रराज शर्मा, उद्धवप्रसाद भट्टराई र सजल राजभण्डारी सम्मानित भएका थिए।







डिसी नेपाल







Facebook Comment