कोशी प्रदेशको बजेट : मन्त्री लिङ्थेपद्वारा ‘ढाकाको झोला’मा बजेट प्रस्तुत

डिसी नेपाल
१ असार २०८३ १६:४८

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्दैछ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले बजेट प्रस्तुत गर्नका लागि प्रदेश सभा सचिवालय पुग्दा लिएको झोलाले सबैको ध्यान खिचेको छ।

परम्परागत ब्रिफकेसको साटो मन्त्री लिङ्थेपले स्थानीय पहिचान र नेपाली मौलिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ढाकाको झोलामा बजेट वक्तव्य बोकेर प्रदेश सभा पुगेका हुन्। मन्त्रीको यो शैलीलाई स्वदेशी उत्पादनको प्रयोग र स्थानीय संस्कृतिको सम्मानको रूपमा हेरिएको छ।

केही बेरमा सुरु हुन लागेको प्रदेश सभाको बैठकमा मन्त्री लिङ्थेपले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) सार्वजनिक गर्नेछन्। स्रोतका अनुसार कोशी प्रदेश सरकारले यस पटकको बजेटमा कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *