रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट विजयी

डिसी नेपाल
२ असार २०८३ ११:५६

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापति पदमा प्रकाश विष्ट निर्वाचित भएका छन्। मंगलबार भएको मतदानको अन्तिम परिणामअनुसार विष्टले ३५८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत मात्र प्राप्त गरे। सोमबारदेखि सुरु भएको रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशनमा सभापति पदका लागि मात्र पहिले मतदान गराइएको थियो।

सभापतिको परिणाम सार्वजनिक भएसँगै प्रदेश कार्यसमितिका अन्य बाँकी पदहरूका लागि भने आजै दिउँसो २ बजेपछि निर्वाचन प्रक्रिया अगाडि बढ्ने निर्वाचन समितिले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *