रास्वपाको विधान संशोधन : १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था, थपियो वरिष्ठ नेताको पद

डिसी नेपाल
४ असार २०८३ १५:३२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संगठनात्मक संरचनामा ठूलो हेरफेर गर्दै केन्द्रीय पदाधिकारीको संख्या १९ पुर्‍याएको छ। बिहीबार बसेको पार्टी सचिवालयको बैठकले विधान संशोधन गर्दै नयाँ पदाधिकारी संरचनालाई अनुमोदन गरेको हो।

यसअघि वरिष्ठ नेताको पद नरहेको र सहमहामन्त्रीको संख्या ४ मात्र रहेकोमा अब विधानमा एक जना वरिष्ठ नेता र एक जना सहमहामन्त्री थप गरिएको छ। बिपिन आचार्य नेतृत्वको विधान संशोधन समितिले १६ जना पदाधिकारी रहने प्रस्ताव अघि सारेको भए पनि सचिवालय बैठकले त्यसलाई परिमार्जन गर्दै १९ सदस्यीय बनाउने निर्णय गरेको हो।

नयाँ व्यवस्थाअनुसार अब पार्टीमा एक जना सभापति, एक जना वरिष्ठ नेता, तीन जना उपसभापति (जसमा एक महिला अनिवार्य), दुई जना महामन्त्री, पाँच जना सहमहामन्त्री (जसमा एक महिला अनिवार्य), एक जना प्रवक्ता, तीन जना सहप्रवक्ता (जसमा एक महिला अनिवार्य), एक जना कोषाध्यक्ष र दुई जना सहकोषाध्यक्ष (जसमा एक महिला अनिवार्य) रहनेछन्।

पार्टीको सांगठनिक सुदृढीकरण र समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै यो निर्णय गरिएको रास्वपाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *