दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्न उच्च अदालतको आदेश

डिसी नेपाल
५ असार २०८३ १९:४४

काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ।

न्यायाधीशद्वय ऋषिराज भण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले शुक्रबार उक्त मुद्दामा अन्तिम आदेश गर्दै दुवै प्रतिवादीलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

यसअघि विशेष अदालतले पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा भट्ट र अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सोही आदेशअनुसार उनीहरू हाल काठमाडौंको डिल्लीबजार कारागारमा रहेका छन्।

उच्च अदालतमा विचाराधीन बैंकिङ कसुर मुद्दामा भएको पछिल्लो आदेशले उनीहरूविरुद्धको कानुनी प्रक्रिया थप बलियो रूपमा अगाडि बढ्ने संकेत गरेको छ।

प्रहरीले दीपक भट्टलाई गत चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो। उनीहरूमाथि बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अनुसन्धान तथा मुद्दा प्रक्रिया अघि बढाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *