वैभव सूर्यवंशीले ९४ रनको शानदार इनिङ खेल्दै ११ बलमा अर्धशतक पूरा गरे

डिसी नेपाल
७ असार २०८३ १२:५४

काठमाडौं । आइतबार भारत ए र श्रीलंका ए बीचको त्रिकोणात्मक एकदिवसीय शृंखला खेलमा भारतीय ब्याट्सम्यान वैभव सूर्यवंशीले शानदार इनिङ खेले।

श्रीलंकाको दाम्बुलाको रंगिरी अन्तर्राष्ट्रिय रंगशालामा खेलिएको खेलमा वैभव २९ बलमा ९४ रन बनाएर आउट भए। उनले केवल ११ बलमा आफ्नो अर्धशतक पूरा गरे।

वैभवले यस शृङ्खलामा यसअघि एउटा पनि अर्धशतक बनाएका थिएनन्। उनले चार खेलमा केवल ११७ रन मात्र बनाएका थिए, जसको उत्कृष्ट स्कोर ४४ थियो। यद्यपि, आज उनले रनको लहर नै बनाए।

यस खेलमा श्रीलंकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

पूर्व भारतीय क्रिकेटर तथा कमेन्टेटर संजय मांजरेकरले इन्स्टाग्राममा लेखेका छन् , “वैभव ५० ओभरको क्रिकेटलाई त्यस्तो ढाँचा मान्छन् जहाँ उनी बढी क्षति पुर्‍याउन सक्छन्। किनभने १० ओभरको लागि सर्कल बाहिर दुई जना मात्र फिल्डर हुन्छन्, छ जना होइन।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *