इङ्ल्याण्ड र घानाबीचको खेल गोलरहित बराबरीमा सकियो, दुवै टोलीले बाँडे अंक

डिसी नेपाल
१० असार २०८३ ६:२२

काठमाडाैं। फिफा विश्वकप प्रतियोगिताअन्तर्गत समूह ‘एल’ को आफ्नो दोस्रो खेलमा इङ्ल्याण्ड र घानाबीचको प्रतिस्पर्धा बराबरीमा टुंगिएको छ।

दुवै टोलीले निर्धारित समयसम्म गोल गर्ने केही अवसरहरू सिर्जना गरे पनि बललाई जाली चुमाउन नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो।

यसअघि प्रतियोगिताको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४-२ को फराकिलो गोलअन्तरले हराएको थियो भने घानाले पानामामाथि १-० को कठिन जित दर्ता गर्दै सुखद सुरुवात गरेका थिए। दोस्रो खेलको यो बराबरीपछि दुवै टोलीले तालिकामा एक-एक अंक थपेका छन् ।

यसैगरी, विश्वकपअन्तर्गत गएराति भएको अर्को रोमाञ्चक खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५-० को भारी गोलअन्तरले पराजित गर्दै सानदार जित दर्ता गरिसकेको छ।

प्रतियोगिताका अन्य खेलहरूमा आज बिहान ४ः४५ बजे पानामा र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ भने बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गो आमनेसामने हुने तालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *