टिपरको ठक्करबाट बालिकाको मृत्यु

डिसी नेपाल
११ असार २०८३ २२:०२

सुरुङ्गा (झापा)। झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिक टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

रामचोकबाट भद्रपुरतर्फ जाँदै गरेको मे१क ६४३ नम्बरको गिट्टी बोकेको टिपरले पैदल हिँडिरहेकी स्थानीय १० वर्षीया अनुकृति चापागाईलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी अनुकृतिलाई उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

घटनापछि बालिकाको शव अस्पतालको शवगृहमा राखिएको छ। टिपर चालक बुद्धशान्ति गाउँपालिका–१ का ५३ वर्षीय श्यामप्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *