दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
काठमाडौं। नेपाल प्रहरीले १० वर्ष कैद सजाय भुक्तान गरेर निस्किएका व्यक्तिलाई पुनःलागुऔषधसहित पक्राउ गरेको छ।
प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोको टोलीले कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय काटेर छुटेका एक व्यक्ति पुनः लागुऔषध कारोबारमा सङ्लग्न रहेको अवस्थामा पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा ४२ वर्षीय विष्णु धामी, ३६ वर्षीय रुद्रबहादुर सुवेदी र ४८ वर्षीय विजयराज धामी रहेका छन्। प्रहरीले उनीहरुलाई २७१ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार भारतबाट लागुऔषध ल्याई सुनसरी, धनकुटा, इलाम, भोजपुरलगायतका स्थानमा बिक्री वितरण गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेका धामी यसअघि कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरी जेलबाट छुटेका व्यक्ति रहेको प्रवक्ता रेग्मीले बताए।






डिसी नेपाल





Facebook Comment