उदयपुरमा टिपर दुर्घटना : सात जना घाइते, चालक फरार

डिसी नेपाल
१३ असार २०८३ १७:४३

कटारी । उदयपुरको कटारी नगरपालिका–१ पानीट्याङ्कीस्थित सिद्धिचरण लोकमार्गमा शनिबार टिपर दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। ना १ क ५५४९ नम्बरको टिपर अनियन्त्रित भई सडक किनारमा पल्टिँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते हुनेहरूमा कटारी नगरपालिका–२ गुराँसेका ६० वर्षीय शेरबहादुर थापा, ५० वर्षीया सुनिता थापा, २३ वर्षीया जेनी श्रेष्ठ, ४८ वर्षीया सिता श्रेष्ठ, ३९ वर्षीया यशोदा खड्का, ४० वर्षीया कृजा थापा र ४० वर्षीय कुलबहादुर अधिकारी रहेका छन्।

घाइतेमध्ये शेरबहादुर थापा र सुनिता थापाको मिर्चैयास्थित मनकामना अस्पतालमा उपचार भइरहेको छ भने अन्य पाँच जनाको मिर्चैयाकै विष्णु क्लिनिकमा उपचार भइरहेको छ। प्रहरीका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य छ।

दुर्घटनापछि टिपर चालक कटारी नगरपालिका–२ ददरियाका २३ वर्षीय राजेश दनुवार फरार भएका छन्। प्रहरीले उनको खोजी कार्य तीव्र पारिएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *