‘मिसेस ग्लोबल नेपाल २०२६’ को ताज पहिरिएपछि सभ्या महर्जन र उपविजेताहरूको आकर्षक फोटोसुट
काठमाडौँ। हालै सम्पन्न ‘मिसेस ग्लोबल नेपाल २०२६’ को प्रतियोगितामा उपाधि जित्न सफल विजेता सभ्या महर्जन र अन्य उपविजेताहरूले आफ्नो ऐतिहासिक जितपछि डिसी नेपाल संग फोटोसुट गरेका छन्।
प्रतियोगिताको मञ्चमा आफ्नो बौद्धिकता, आत्मविश्वास र प्रखर व्यक्तित्वको प्रदर्शन गर्दै ताज जित्न सफल सभ्या महर्जनले आफ्नो विजययात्रालाई थप यादगार र भव्य बनाउन यो विशेष फोटोसुट गराएकी हुन्।
उक्त फोटोसुटमा विजेता सभ्या महर्जनको साथमा फस्ट रनरअप रञ्जिता क्षेत्री र सेकेन्ड रनरअप अञ्जु भट्टराईले पनि आफ्नो उत्कृष्ट र ग्ल्यामरस अवतार प्रस्तुत गरेका छन्। विजेता सभ्या महर्जनले ताजका साथ निकै आत्मविश्वास र सुन्दर तस्बिरहरू खिचाएकी छन् ।
यो फोटोसुटले उनीहरूको आगामी यात्रा र उनीहरूले बोक्ने जिम्मेवारीको थालनीलाई समेत सुन्दर रूपमा चित्रण गरेको छ।
‘मिसेस ग्लोबल नेपाल’ विवाहित महिलाहरूको प्रतिभा प्रस्फुटन गर्ने एक प्रतिष्ठित मञ्चका रूपमा स्थापित हुँदै गएको छ, जहाँ सभ्या, रञ्जिता र अञ्जुले आफ्नो सफलता र आत्मविश्वासका माध्यमबाट अन्य धेरै महिलाहरूका लागि प्रेरणाको नयाँ स्रोत बनेका छन्।































डिसी नेपाल





Facebook Comment