महाराजगञ्जमा ५ सवारी ठोक्किँदा १० जना घाइते

डिसी नेपाल
१ साउन २०८३ १९:५९

काठमाडौं। काठमाडौँ महानगरपालिका–४ महाराजगञ्जस्थित कतार भिसा सेन्टरअगाडिको सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँचवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर०६डीडी६०६३ नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका सबै १० जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइतेमध्ये काठमाडौँ बसुन्धारा बस्ने ६५ वर्षीया कुन्तिमाया लिम्बूको टाउको र दायाँ हातमा गम्भीर चोट लागेकोले उनको अवस्था चिन्ताजनक रहेको छ। अन्य घाइतेहरूको अवस्था भने सामान्यदेखि मध्यम रहेको छ। दुर्घटनामा संलग्न सबै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

अस्पतालमा उपचाररत घाइतेहरूमा काठमाडौँ मनमैजु बस्ने १५ वर्षीया सिवानी शाही र उनका १० वर्षीय भाइ सुशान्त शाही रहेका छन्। त्यस्तै, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकल चालक सर्लाही घर भई ललितपुर ग्वार्को बस्ने ३४ वर्षीय बिकी शाहा, बा २ ज ३५७८ नम्बरको ट्याक्सी चालक रामेछाप घर भई भक्तपुर बस्ने ४१ वर्षीय उर्जा लामा र बा.प्र.–०२–०६८ प १०५६ नम्बरको मोटरसाइकलका चालक सर्लाही घर भई इमाडोल बस्ने १८ वर्षीय निउजित शाह पनि घाइते भएका छन्।

यसैगरी, तेह्रथुम घर भई हाल बसुन्धारा बस्ने ५७ वर्षीया विष्णुमाया खापुङ, उदयपुर घर भई थानकोट बस्ने २५ वर्षीया पार्वती तामाङ, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकलका चालक २५ वर्षीय बिनोद थापा मगर र नवलपुर घर भई गोलढुङ्गा बस्ने २२ वर्षीय जीवन राना मगरको पनि अस्पतालमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *